बजारमा सुनको मूल्यमा भारी गिरावट

33

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा ३५ रुपैयाँले गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here