रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु

22

आज सोहि इजलासमा सुनुवाई सुरु भएको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै  थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश विरुद्धको ७३ नम्बरको निवेदनमा सुनुवाई भैरहेको छ । लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ ।

मंगलबार बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा।नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्दै छन्  भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्दै छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here