विद्यादेवी भण्डारी चीनतर्फ प्रस्थान

40

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति चीनतर्फ प्रस्थान गरेकी छन्।

भण्डारीको यात्रालाई सरकारले औपचारिक रूपमा अर्ध अफिसियल यात्रा माने पनि यसमा एमालेबाहिरका कोही पनि सामेल छैनन्।

राष्ट्रपति पदबाट अवकाश लिएपछि यो भण्डारीको पहिलो विदेशयात्रा हो। एमाले प्रवेशको तयारीमा रहेकी भण्डारी अहिलेको समयमा चीनकी सबैभन्दा नजिकको नेता मानिन्छिन्। आगामी दिनमा उनको सक्रिय राजनितिमा क्षेत्रीयता र कूटनीतिलाई यो यात्राले प्रभावित गर्ने अड्कलबाजी छ।

पूर्वराष्ट्रपतिको यो यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीका खास विश्वासपात्रा रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, केपी ओलीका कट्टर आलोचक कर्ण थापा, मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी सामेल छन्। आधिकारिक रूपमा भण्डारीले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भेट्ने तय भइसकेको छैन।

यद्यपि सीको नेपाल भ्रमण भण्डारी राष्ट्रपति छँदा नै भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here