गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव

21

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको नेता शशांक कोइरालाले जनाए ।

कोइरालाले बैठकमा पदाधिकारीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको विषयमा ३ नेतालाई स्पष्टीकरण सोध्न सभापतिलाई प्रस्ताव गरिएको जनाए ।

उनले भने, ‘हामीले सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाएर सोध्नुहोस् के भएको हो ? भनेका थियौँ ।’, कोइरालाले भने, ‘समस्याको समाधान त निकाल्नुपर्‍यो नि। पार्टीभित्र मुठभेड गरेर कसैको फाइदा हुन्छ ? भनेर हामीले उनीहरुसँग स्पष्टीकरण माग्नुस् भनेका हौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here