नेपाल इन्स्योरेन्स कम्पनीकाे अध्यक्षमा चन्द्र सिंह साउद चयन

27

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन्।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।

कम्पनी सचिव सुलना श्रेष्ठका अनुसार कम्पनीको अध्यक्षमा साउद सर्वसम्मतिबाट चयन भएका हुन्। यसअघि उनी  कम्पनीमा संस्थापक शेयरधनी समूहबाट सञ्चालक थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here