सुनचाँदीको मूल्य घट्यो

18

काठमाडौं । साताकाे तेश्राे दिन नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य सामान्यले घटेको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यस अघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँ रहेको छ । सोमबार चाँदी दुई हजार ५ रुपैयाँमा कारोवार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here