काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।