काठमाडौं । हनी ट्र्याप आरोपमा पक्राउ परेकी तारा गुरुङ ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएकी हुन् ।
करिब साढे ३ वर्षअघि दोहोरी साँझमा भेटिएका एक युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेको आरोप उनीमाथि छ । उनले भने पीडित भनिएका युवकसँग लिभिङ टुगेदरमा रहेको बताएकी थिइन् । र, हनी ट्र्यापमा पारेर रकम असुली नगरेको दाबी गरेकी छिन् ।

















