देशमैपहिलोपटक मस्तिष्क मृत्युभएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

34

काठमाडौं । नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु (ब्रेन डेथ)भएका व्यक्तिको मिर्गौला र कलेजोकाे सफल प्रत्यारोपण भएकाे छ ।

प्रत्याेराेपन पश्चात १९ औं दिनमै  डिस्चार्ज भएकाे छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा गत जेठ १ गते साँझ मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका शिव महर्जनलाई आइतबार डिस्चार्ज गरेको अस्पतालले जानकारी गराएकाे छ ।

मिर्गौला र कलेजो प्रत्यारोपण गरेका व्यक्तिको स्वास्थ्यमा राम्रो सुधार आएपछि डिस्चार्ज गरेको वरिष्ठ शल्यचिकित्सक डा. पुकार श्रेष्ठले जानकारी गराए । कलेजो र मिर्गौला प्रत्यारोपणछि डिस्चार्ज भएका शिव महर्जनले यस्तो शल्यक्रिया नेपालमै हुन्छ भनेर कल्पना पनि नगरेको जनाए । महर्जनका अनुसार,‘यस्तो जटिल शल्यक्रिया सस्तो शुल्कमा यति छिटो नेपालमै प्रत्यारोपण हुन सक्छ भनेर कल्पना नै गरेको थिइन । अंग प्रत्यारोपण पछि सपना जस्तै लागिरहेको छ ।’

काठमाडौं नारायण गोपालचोकमा सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङको अंग झिकेर प्रत्यारोपण गरिएको थियो । दोर्जेको एक मृगौला र कलेजो शिव महर्जनमा र अर्को मिर्गोला ४२ वर्षीया फुलमाया नेपालीलाई प्रत्यारोपाण गरिएको हो ।

फुलमायाको स्वास्थ्यमा सुधार आएपछि जेष्ठ १४ गते डिस्चार्ज गरिसककेको अस्पतालले जनाएको छ । डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिका अंग दुवै व्यक्तिमा प्रत्यारोपण सफल हुनु नेपाली स्वास्थ्य क्षेत्र र चिकित्सक सफल भएको जनाएका छन् ।

उनी भन्छन्,‘नेपालमै यस्तो जटिल प्रत्योरोपण सफल हुनु भनेको नेपाली चिकित्सकहरु सफल हुनु हो । यस्तो जटिल प्रत्यारोपण सफल भयो । हाम्रो स्वास्थ्य सेवा (क्षेत्र) निकै नै अगाडि बढेको छ ।’ वरिष्ठ शल्यचिकित्सक डा. श्रेष्ठ नेतृत्वको प्रत्यारोपण टोलीमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणका लागि भने डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का संलग्न थिए ।

 

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए । यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर वज्राचार्य सहभागी थिए । रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए ।

प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए । यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा सााध, सरु कोजू, बन्दना खत्रीले समन्वय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here