काठमाडौं । जेठ २५ गतेदेखि २८ गतेसम्म हुने नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुको केन्द्रिय महाधिवेशनमा मदन भण्डारीले महासचिव पदमा उम्मेदवारी दिने भएका छन्।
आफ्नो राजनीतिक र सामाजिक यात्राको अनुभवबारे बताएका उनले आफूलाई महासचिवमा विजय गराउन भन्दै अपिल समेत गरेका छन्।
अनेरास्ववियु महासचिवमा उम्मेदवारी दिन लागेका भण्डारीको राजनीतिक र सामाजिक यात्रा यस्तो छ।
#राजनैतिक यात्रा।
#अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी दिवासत्र- सहसचिव
#अनेरास्ववियु आर. आर. क्याम्पस कमिटी सदस्य
#आर.आर. क्याम्पस स्ववियु सदस्य (सर्वाधिक धेरै मतले निर्वाचित)
#अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी सह-सचिब
#अनेरास्ववियु प्युठान – काठमाडौं सम्पर्क कमिटी सचिब
#अनेरास्ववियु प्युठान- काठमाडौं सम्पर्क कमिटी अध्यक्ष
#अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी अध्यक्ष
#अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटी सचिब
#अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य निर्वाचित, (प्रशिक्षण बिभाग उपप्रमुख र काठमाडौं क्याम्पस जिल्ला कमिटी सह-इन्चार्ज)
#सामाजिक यात्रा
#श्रस्टा प्रतिस्ठान नेपाल (साहित्यिक सँस्था) संस्थापक केन्द्रिय उपाध्यक्ष
#प्युठान नौबहिनी गाउँपालिका ८ लुप्लुङ्गमा नियम बिपरित भएको चुनढुंगा उत्खनन विरुद्ध बनेको संघर्ष समिति अध्यक्ष (चार महिना निरन्तर आन्दोलनको नेतृत्व गरेर उत्खनन बन्द गराई गाउँ बचाउने आन्दोलन सफल पारेको उक्त आन्दोलन संसद भबनसम्म पुर्याएको)
#Smart Youth Nepal (विवेकशील युवा नेपाल) केन्द्रिय सचिब
#लुप्लुङ्ग सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्ष ( जिल्लामै नमुना सामुदायिक पुस्तकालय बनाउने अभियानको सफल नेतृत्वकर्ता)
#गाउँमा विद्युत बिस्तार,पिउनेपानी ब्यबस्थापन,सडक बाटो बिस्तार गर्दै
#काठमाडौं केन्द्रमा बसेर भुकम्पका समयमा विभिन्न जिल्ला र स्थानमा गएर स्कुल पुननिर्माण अभियान गर्दै ,बाढिपहिरोबाट पीडित जनतालाई
उद्दार र राहतका कार्यमा निरन्तर सकृय
#२०७० सालदेखी हालसम्म सयौं आन्दोलन, विविध संघर्ष,अनगिन्ती प्रशिक्षण,विभिन्न निर्वाचनमा तीब्र सक्रियता छ।


















