काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकै बीच आइतबार संसद् बैठक अगाडि बढाएकाे छ ।
रास्वपाका सांसद्हरू विरोध गर्दै वेल घेराउमा छँदै गर्दा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा इन्ट्री मारे। तर उनी केहीबेरमै संसद् बैठकबाट बाहिरिएकाे थियाे ।
राप्रपाका सांसद्हरूले भने सभामुख घिमिरेले पेलेर नै संसद् अघि बढाउन थालेपछि बैठक बहिष्कार गरेर बाहिरिएका थिए।