पत्रकार दिलभूषण पाठकले पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञा

20

काठमाडौं । पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्।

साइबर ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउका लागि दिएको अनुमति रोक्न माग गर्दै पाठकले सोमबार निवेदन दिएका हुन्। उच्च अदालत प्रशासनका अनुसार उनको निवेदन सुनवाईका लागि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पाठकले निराधार कपोकल्पित ढंगले आफ्नो चरित्र हत्या गर्ने नियतका साथ सामग्री बनाएर युट्युबमा अपलोड गरेको भन्दै जयवीरले दिएको उजुरीका आधारमा साइबर क्राइमको कसुरमा उनलाई पक्राउ पुर्जी जारी गरिएको छ प्रेस जगतले पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी तत्काल स्थागन गरेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। तर पाठकलाई साइबर कसुरमा कारबाही गर्न देउवा परिवारले प्रहरीलाई दबाब दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here