तीन शीर्ष नेताबीच संसद अवरोधबारे छलफल

25

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसहित समसामयिक राजनीतिक विषय, संसदको गतिरोध, र विधेयकको प्रगतिबारे कुराकानी भइरहेको जनाइएको छ ।

बैठकमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र माओवादीबाट वर्षमान पुन सहभागी छन्। प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र खिमलाल देवकोटा पनि बैठकमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here