जसपाले ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता सक्ने

19

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जनाएका हुन्।

उनले भने, ‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ। हामीले निर्देशन दिएका छौं। थप निर्णय अब संसदीय दलको बैठकले गर्छ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनका अनुसार ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको बैठकको निष्कर्ष छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here