पशुपतिमा शव जलाउने विद्युतीय मेसिन खरिदमा भ्रष्टाचार गरेको भन्दै १६ जनाविरुद्ध मुद्दा दर्ता

18

काठमाडौं । पशुपतिमा शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

पशुपतिमा सुनको जलहरी काण्डमाथि अनुसन्धान गरेको आयोगले अर्को ठूलो घोटालामाथि पनि छानबिन गरेर मुद्दा दायर गरेको हो।

२०८० साल असोजमा भएको खरिदमा तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँती थिए। तर उनलाई आयोगले मुद्दा चलायाएको छैन।

अख्तियारले कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापा, कार्यवाहक सदस्य सचिव राजुकुमार खत्री, कोषका तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडालाई प्रतिवादी बनाएको छ।

निमित्त उपनिर्देशक रेवतीरमण अधिकारी, अर्का उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरु पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरीलाई पनि प्रतिवादी बनाइएको छ।

त्यस्तै आयोगले लेखा अधिकृतचन्द्र प्रसाद खनाल, इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, कानुनी सल्लाहाकार तथा मूल्यांकन समितिका सदस्य लैनबहादुर थापालाई पनि भ्रष्टाचार मुद्दा लागेको छ।

आयोगले म्याप इन्टरप्राइजेज र त्यसका सञ्चालकहरु मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इञ्जिनियरिङ र त्यसका सञ्चालक सुरज चपागाईंलाई पनि प्रतिवादी बनाएको छ।

अनुसन्धानका क्रममा ३२ भारु पर्ने विद्युतीय शवदाह मेसिन मिलोमतोमा एक करोड ५२ लाख नेपाली रुपैयाँमा खरिद गरेको पाइएको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here