काठमाडौं । ग्वार्को क्षेत्रमा निर्माण गरिएको ओभरपास सञ्चालनमा आएपछि सवारी आवागमन केही सहज भएको छ। ओभरपासले ललितपुर–काठमाण्डौ यातायातमा राहत दिएको छ ।
तर कोटेश्वरदेखि जडिबुटीसम्मको सडक खण्डमा भने ट्राफिक जाम यथावत् छ। मुख्य चोकहरूमा पिक आवरमा अत्याधिक सवारी चाप कारण यात्रुहरु लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यता छ । पेप्सिकोलातर्फबाट र भक्तपुरतर्फबाट कोटेश्वर आउने सवारी चापका कारण यात्रुहरु जाममा फस्ने गरेका छन् ।


















