सांसद सिंहको अभिव्यक्तिमा आपत्ति

39

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।

उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै झाले भने, ‘सत्तापक्षका माननीयज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो । तर,अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहेको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत मधेस टुक्र्याउने धम्की दिनुभएको छ । उहाँलाई अब के गर्नुहुन्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here