एएफसी यू-२० महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

19

एजेन्सी । सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दैछ।

यो समूहमा नेपालसहित आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया छन्।

समूहम रहेको मंगलियाले भने नाम फिर्ता लिएको थियो। छनोट प्रतियोगिता ६ अगस्टदेखि भुटानमा सुरु हुनेछ। नेपालले पहिलो खेलमा ६ अगस्टमै आयोजक भुटानसँग खेल्नेछ। त्यसपछि ‍८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा हुनेछ।

समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्।

सन् २०२६ को अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here