महोत्तरी ।सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने १६ वर्षीय अमित यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा रहेको विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















