काठमाडौ । काठमाडौं महानगरपालिका-१६ बनस्थली डेरा गरी बस्ने मोरङ धनपालथान गाउँपालिका-५ घर भएकी ३८ वर्षीय सृजना तिवारी र महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएकी ५१ वर्षीया बबिता वैदेको कोठाबाट नगद तथा विभिन्न गरगहना गरी करिब १६ लाख १७ हजार ९ सय ४६ रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















