मृत अवस्थामा फेला

15

 

काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-८ बस्ने ७२ वर्षीय टेक बहादुर खत्री आफ्नै गोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-६ जागृति टोल बस्ने २१ वर्षीय सुवास चन्द्र भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, कोहलपुर नगरपालिका-१३ नयाँबस्तीस्थित डुडुवा खोलाको छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here