रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहटद्वारा आयोजित नवप्रवेशी सम्मान तथा जिल्ला विस्तारित बैठक कार्यक्रम अत्यन्त भव्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढीकरण र नवप्रवेशी नेताहरूलाई सम्मान गर्न आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका शीर्ष तहका नेताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष राजिब रञ्जन यादव (राजु) ले गरेका थिए भने प्रमुख अतिथिको रूपमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोविन्द चौधरी सहभागी थिए। उनले सम्बोधनमा समावेशी राजनीति, संघीयता र मधेश आन्दोलनका ऐतिहासिक मूल्यलाई संस्थागत गर्दै पार्टीलाई आगामी निर्वाचनहरूमा निर्णायक शक्तिका रूपमा स्थापित गर्न कार्यकर्तालाई प्रेरित गरे। कार्यक्रमको मुख्य आकर्षण बनेका थिए कटहरीया नगरपालिका निवासी, जुझारु युवा नेता तथा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि राजाबाबु साह लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका साहले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस परित्याग गर्दै जनता समाजवादी पार्टी नेपालमा विधिवत प्रवेश गरे।
उहाँलाई विशेष सम्मानसहित मंचमा स्वागत गरिएको थियो, जहाँ पार्टी नेताहरूले राजाबाबु साहको जनप्रतिबद्धता, संगठनात्मक क्षमताको प्रशंसा गर्दै जसपा नेपालको भविष्य निर्माणमा उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा पूर्वराज्यमन्त्री तथा केन्द्रिय सदस्य योगेन्द्र राय यादव, चुलहाई राय यादव, रामअसरे चौधरी, निर्वाचन आयोग संयोजक विश्वनाथ पटेल, केन्द्रिय सल्लाहकार समिति सदस्यद्वय राजकुमार दास र राम आशिष यादव लगायत जिल्ला कार्यसमितिका नेताहरूको व्यापक उपस्थिति थियो। उनीहरूले नवप्रवेशी नेताहरूलाई साथ दिँदै जसपाको सिद्धान्त र लक्ष्यप्रति समर्पित भई संगठनात्मक कार्यमा जुट्न आग्रह गरे।
सभी नेताहरूको सामूहिक धारणा थियो कि यो नवप्रवेशी सम्मान समारोहले जसपा नेपाल, रौतहटमा संगठनात्मक बल थपेको छ र यो आगामी दिनहरूमा पार्टीलाई मधेश तथा राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने दिशामा एक ठोस कदम हुनेछ। पार्टी कार्यकर्ताहरूले कार्यक्रममा सहभागिता जनाउँदै यसले नयाँ ऊर्जा, उत्साह र एकताको भावना भरिदिएको बताए।


















