काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा विभिन्न १६ डोजाङका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्। विभिन्न ३५ स्पर्धामा खेल हुनेछ।
प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्मका खेलाडीको सहभागिता रहने छ। अधिकांश निर्णायक पनि नयाँ राखिने छ। प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासंगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दो बारे व्यवहारिक रुपमा अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए।
एकदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यतिटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा २ एरिनामा खेलाइने छ। खेल शनिबार बिहान ७ः०० बजेदेखि सुरु हुनेछ।

















