जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा

37

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्।

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ।

हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन्।

विद्यालयदेखि सुरु भएको यात्रा

गायिका जुनु विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र आइपुगेकी छिन्

विश्वभरका नेपाली प्रतिभालाई एकै मंचमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाएका छन्। अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत गायिका जुनु छनोट भई अहिले फाइनल राउण्डसम्म आइपुगेकी छन्।

जुनु प्रसाईको अपिल

नमस्कार, सेवा/ सेवारो,
म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई !
तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले “मेरो भ्वाईस युनिभर्स सिजन-२” को टप ७ मा परेको छु । यहाँसम्मको यात्रमा सहयोग गर्नुहुने सबैजना प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । प्रतिस्पर्धाको सिढीहरू अझै बाँकी नै छन् । मिहिनेत र संघर्ष पछि बल्ल मेरा सपना हरुले उडान भर्न लाग्दैछन । फाइनलसम्मको यात्रामा हजुरहरुको अझै धेरै साथ, सहयोग, माया र हौसलाको आशा राखेकी छु ।”
भोट गर्ने तरिका
गायिका जुनु प्रसाईलाई भोट गर्नका लागि:
मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा
My Intra एप डाउनलोड गरी उनीको प्रोफाइलमा क्लिक गरेर भोट गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here