काठमाडौं । प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरूण बहादुर सिंहले जानकारी दिए ।
प्रहरीको गोली लागेर लागूऔषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएका टिमले २ राउन्ड गोली चलाएको हो ।


















