काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बिभिन्न संघ संस्थाको आयोजनामा माहाँकाल जात्रा सम्पन्न भएको छ । मंगलबार बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा बौद्धमा पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइएको हो ।
सनातन हिन्दु धर्मका पुरोहित, बौद्ध धर्मका लामा गुरु र बज्राचार्य गुरुबाट परम्परा अनुसार गरिएको उक्त महाङ्काल भैरबको साधना पूजा तथा जात्रामा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे, नेपाल सरकार रक्षा मन्त्री माननीय मानवीर राईलगायत उच्च प्रतिष्ठीत व्यक्तिको सहभागिता थियो ।

साधना पूजापछि विभिन्न झाँकीसहित हजारौँको संख्यामा रहेका सहभागिले बाजागाजासहित महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली, भुवलडाँडा, बौद्ध, पिपलबोट, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइ्एको थियो ।
महाकाल जात्राको परम्परागत थालनी गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो । महाङ्काल भैरबको साधना पूजाका लागि विभिन्न संघ संस्थाको सहभागिता रहने गरी माहाँकाल जात्रा मूल समारोह समिति गठन गरिएको थियो ।


















