काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषयमा सरकार जानाजान मौन बसेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो? भन्दै प्रश्न गरिन्।
उनले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सरकारले सर्वसाधारणले सुरक्षाको प्रत्याभूति गर्न नसक्ने उल्लेख गरिन्।
उनले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन्।


















