काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता

19

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार सिंहदरबारमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे।

उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए। अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो। ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ। त्यसमा हामी प्रतिबद्ध छौँ। अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ। अब हुने काम छिटो सकिने खालका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here