प्रधानमन्त्रीओलीको हावादारी गफले देश बर्बाद बनायाे

17

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको जनाएका छन् ।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए ।

आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले जनाए ।

तर, हिजोमात्रै प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गर्ने क्रममा टियूको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह नै गरेका थिए ।

सोही विषयमा जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’

प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ,’ प्रचण्डले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here