एनपीएलको दोस्रो संस्करण मंसिरमा हुने

15

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने भएको छ।

क्यानले सामाजिक सन्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो।

प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ।

उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ। टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन्। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here