नेप्सेमा सामान्य अङ्कको गिरावट

14

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ।

बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो।

परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ। दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो।

सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ। उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको ४.५६ प्रतिशत बराबर रह्यो।

कारोबार रकमको आधारमा आज हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको छ। कम्पनीको २४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

यो साता पाँच दिनमध्ये तीन दिन बजार परिसूचक घट्यो भने २ दिन बढ्यो। योसमेत गरी सातामा बजारमा ३०.३९ अङ्कको गिरावट आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here