लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप

16

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको पश्चिमी भू–भाग लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप लगाएको छ।

मंगलबार रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन्।

भारत र चीनले नेपाली भू–भाग लिपुलेक प्रयोग गरेर व्यापार गर्ने सहमति गरेपछि उक्त सहमतिप्रति नेपाल सरकारले आपत्ति प्रकट गरिसकेको छ। तर यस विवादका विषयमा सरकार संवेदनशीन नभएको आरोप सरकारवाला निकायले लगाउँदै आएका छन्।

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न माग पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here