रविको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा

22

बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए।

लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै   उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको  परेको जानकारी दिए।कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने जनाए।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here