मोरङ । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले त्यसनिम्ति ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरेको छ । समितिमा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व छ ।


















