मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न

15

काठमाडौँ । नेपालका सबैभन्दा कान्छा कोरियोग्राफर गौरव सिटौलाले मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका छन् ।  जेसिका सिंह ठकुरीले उक्त उपाधि जितेकी हुन् । योसँगै ठकुरी मिस ग्राण्ड इन्टरनेशलमा सहभागी हुन थाइल्याण्ड जाँदैछिन् ।

गौरव ‘नन्दिनी अर्ग्यानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ का उपाधि विजेता हुन् । उनी पुरुष र क्विन्सी श्रेष्ठ महिलातर्फको उपाधि जित्न सफल भएका थिए । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा उनीहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेका थिए ।

पुरुषमा अवय खड्गी र महिलामा जेसिका सिंह ठकुरी ‘फर्स्ट रनर अप’ भएका थिए ।

प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका थिए । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको आयोजकले जनाएको छ ।

सो अनुसार गौरव र जेसिकाले एआईटीएम कलेज सातदोबाटो खुमलटारमा १२ कक्षामा पढ्छन् । गौरवले कान्छो कोरियोग्राफरसँगै कान्छो निर्णायकसमेत बनेर कीर्तिमान राखेका छन् ।

बलिउडका स्टारहरु शाहरुख खान, नोरा फतेही, ज्याकलिन फर्नान्डेज, नेहा कक्कड जस्ता कलाकारको साथ पाएर उनी आफ्नो विधामा एकपछि अर्को सफलता हासिल गर्न सफल भएका छन् ।

गौरवले कुनै नृत्य सेन्टरमा गएर तालिम नलिइ आफैँ घरमा ऐनामा हेरेर अभ्यास गर्ने गरेको उनका बाबु हरि सिटौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here