‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक वक्तृत्वकला

15

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी देश तथा विदेशमा रहेका इच्छुक नागरिक प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ ।

पार्टीका युवा नेता तथा संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले पुस्तकालय विभागले गर्न लागेको कार्यक्रम निकै नै महत्वपूर्ण रहेको बताए । शर्माले सो प्रतियोगिता इतिहासको दस्तावेजीकरणको लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाले विभागको रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै, आजको युगमा पनि पुस्तकालयको महत्व झन बढ्दै गएको दाबी गरे ।
महासचिव रोशन थापामगरले आफ्नो संगठनले विगतमा पनि यस्ता प्रकृतिका कार्यक्रमहरु गर्दै आएको जनाउँदै  अबका कार्यक्रमहरु प्रविधिमैत्री र युग सापेक्षीक हुनुपर्नेमा जोड दिए ।

सो संगठनको पुस्तकालय तथा अभिलेख विभागको आयोजनामा सो प्रतियोगिता हुने विभागीय प्रमुख समकृति पुनले बताईन् । पुनले प्रतियोगिताको रुपरेखा तथा मूल्याङकनका आधार बारे जानकारी दिदै भनिन् देश, विदेशमा रहने जोसुकै नेपाली नागरिकले नेपाली भाषामा तयार गरेर भिडियो १५ दिनभित्र पठाउन सक्ने छन् ।”

पुनले संगठनको विभागको इमेल(annisu.r.library@gmail.com_)मा पठाएको भिडियोलाई संगठन पेजमा प्रशारण गर्ने जनाइन् । सो भिडियो अधिकतम ५ मिनेटको हुनुपर्ने बताइन् । पुनले मूल्याङ्कन क्षेत्र–विषयगत मूल्याङ्कन(६० अंक) र सामाजिक सञ्जाल मूल्याङ्कन ४० अंक भार रहने र प्रतियोगीले २०८२ भदौ १५ गते साँझदेखि भदौ ३१ गते राती १२ बजेसम्म भिडियो सामाग्री पठाउने समयसीमा बारे पनि जानकारी दिइन् ।

उपाध्यक्ष उमेश कडेल, उपमहासचिवहरु जटिल कार्की र निरोज श्रेष्ठ, सचिव युन्छो हाङ मावो लिम्बु, कोषाध्यक्ष फूलमाया रानालगतायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको कार्यक्रमलाई केन्द्रीय सचिवालय सदस्य उद्धव रिजालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here