असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जिते

16

काठमाडाैं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ ।

नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो ।

नेपाल ‘ए’ ले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको असामले नौ विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि भारतको गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले छ विकेट गुमाएर दुई सय आठ रन बनायो ।

एको बिहीवारदेखि शुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

त्यस्तै तेस्रो खेलमा शनिवार नौ रनले नेपाल ‘ए’ विजयी भएको थियो भने चौथो खेलमा अस्ति आइतवार आसाम १८ रनले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here