सार्वजनिक बिदा घटाउन सुझाव

10

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिएका हुन् ।

सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै पहिलो नम्बरमा देखिएको पनि संसद्लाई जानकारी गराए ।

‘नेपाल पब्लिक होलिडे दिनेमा संसारकै पहिलो नम्बरमा परेछ । बिदालाई अलिकता कम गर्नुपर्‍यो,’ उनले भने, ‘त्यतातिर सरकारले ध्यान दिएर अध्ययन गरेर अगाडि बढोस् ।’

सांसद खतिवडाले संसदमा दिएका जानकारीअनुसार नेपालको छिमेकी मुलुक भारत सार्वजनिक बिदा दिने देशहरूको सूचीको सातौँ नम्बरमा छ ।

उनका अनुसार नेपालपछि दोस्रोमा इरान, तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाँचौँमा बंगलादेश र छैठौँमा कम्बोडिया देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here