‘शान्ति वा युद्ध’ को विकल्पको सामना

5

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन्।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्।

victory-day-celebration-(4)_87lLcLZmVe-1756874610.jpg

victory-day-celebration-(1)_rSPLZnGBhZ-1756874610.jpg

सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरियो। हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमान आकाशमा स्वरूप बनाउँदै उडे। कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रङ्गिन बेलुनहरू आकाशमा छोडिएको थियो।

victory-day-celebration-(12)_eid74GgUbT-1756874607.jpg

victory-day-celebration-(18)_8K9lWfzrXR-1756874606.jpg

माओ त्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा बढी दर्शकलाई सम्बोधन गरेका थिए।

victory-day-celebration-(20)_UGwQgt6ra0-1756874606.jpg

victory-day-celebration-(1)_rSPLZnGBhZ-1756874610.jpg

victory-day-celebration-(7)_ObCxDVxxl1-1756874609.jpg

victory-day-celebration-(9)_HWqfygb0O3-1756874609.jpg

victory-day-celebration-(6)_wABbzONv9e-1756874609.jpg

तस्बिरहरु : सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here