सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन बरामद

29

काठमाडौं । गोंगबु क्षेत्रमा प्रहरीले छापा मारी करिब सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन समेत बरामद गरेको छ।

मंगलबार दिउँसो प्रहरी ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा पुगेको थियो। त्यहाँबाट चार करोड २५ लाख ५० हजार रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

ठूलो रकम बरामद भएपछि प्रहरीले बैंकबाट नगद गन्ने मेसिन ल्याएको थियो।

घर धनी विनोदले पैसा मिटरब्याजमा लगाउने र सुन धितोका रूपमा लिने गरेको प्रहरीको आरोप छ। अहिले बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सोही घरमा खोजी गर्दा प्रहरीले विभिन्न गरगहना पनि बरामद गरेको छ। सुनका गहना मात्रै ९ किलोभन्दा बढीको बरामद भएको हो।

चाँदीका गरगहना पनि ३ किलोभन्दा बढी भएको प्रहरीले जनाएको छ।  मंगलबार विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली विनोदको घरमा छापा मार्न पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here