हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

13

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरूसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा भएकाे एक कार्यक्रममा बोल्दै उनले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको जनाएका हुन्।

नेपाली नागरिक बसोबास गर्ने देशहरूमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ। उनले नेपाली नागरिक भएका सबै देशहरूमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने जनाए।

उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो। यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ। त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको  विश्वास र प्रभावकारिता पनि बढेर जान्छ। अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरूसँग पनि हुलाक सम्झौता गर्नुपर्‍यो। यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रूपमा विकास गर्नसक्छौं।’

उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here