नुवाकोट । तादी गाउँपालिका-२ चिलाउने गाउँस्थित काभ्रे खोलाले बगाएर सोही ठाउँ बस्ने राम बहादुर तामाङकी छोरी ४ वर्षीया सतिकला तामाङको बुधबार दिउँसो मृत्यु भएको छ ।
साथै बागलुङ नगरपालिका-१० नयागाउँ दह बस्ने ४० वर्षीय प्रकाश रायमाझी सोही ठाउँस्थित कुपिण्डेभिर जंगलको कुपिन्डे खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















