काठमाडौं । जेन-जी पुस्ताले भोलि देशभरि प्रदर्शन गर्ने भएका छन् । भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै युा पुस्ताले भोलि काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गर्न लागेको हो । पछिल्ला दिन भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ताले सोसल मिडियामार्फत भोलि भाद्र २३ गतेका लागि प्रदर्शनको मिति तय गरेका हुन् ।
अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुको महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैली एक्सपोज गरिएको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने हल्ला छ । अहिले टिकटकमा नेपो बेविज, वी आर त लास्ट जेनरेशन द्याट यु क्यान फूल लगायतका ट्रेण्ड चलेका छन् ।


















