भीपीएनको प्रयोग नगर्न अनुरोध

15

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउन अनुरोध गरेको हो ।

२२ भदौसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भइसक्रिय भइसकेको जानकारी मन्त्रालयले गराएको छ ।

त्यसैगरी सामाजिक सञ्जालहरू ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइसकिएको जानकारी मन्त्रालयले गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here