गोरखाका शैक्षिक संस्था बन्द

29

गोरखा । जेन जी युवाहरुको प्रदर्शनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ ।

सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् । \

यस्तो परिस्थितिमा विद्यालय संचालन गर्न कठिन हुने भन्दै पालिकाभित्रका सामुदायिक र संस्थागत बिद्यालयमा शोक बिदा दिने निर्णय गरिएको पालिकाहरुले बताएका छन् । द्रव्यशाह बहुमुखी क्याम्पसले तीन दिन पठनपाठन बन्द रहने जनाएको छ ।

मंगलबार सूचना जारी गर्दै बिहीवारसम्म पठनपाठन बन्द हुने र दुई दिन क्याम्पसको प्रशासनिक कार्य पनि स्थगित गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here