काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वक्यौता उठाउने पहिलो निर्णय गरेका छन्।
सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्।
त्यसलगत्तै उनले मन्त्रालयका कर्मचारीहरुसँग छलफल गर्दै छन्। उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गरेका थिए।
तर, केपी ओली नेतृत्वको तत्कालीन सरकारले उनको प्रयासमा अवरोध गर्दै प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको थियो।


















