काठमाडौं । छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको तलब भत्ता बराबर ५लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गर्ने निर्णय गरेको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिस्कृत ढंगबाट सेवा प्रवाह गर्ने अध्यक्ष चौधरीले जनाए ।



















