काठमाडाैं । पवन जोशीको १२६ औं म्युजिक भिडियो निर्माण सम्पन भएकाे छ ।
बरिष्ठ साहित्यकार, प्राध्यापक तथा रचनाकार श्रीमिला सुवालको माया प्रितीमा वियोगान्त विछोडको सामाजिक घटनाक्रमलाई यथार्थ रूप दिन सवल शब्द वुनेको “ जन्ती बाजासंगै जीवन मेरो “. गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भएको छ ।
साे गीतमा शब्द संगीत र स्वरलाई भावनात्मक अभिव्यक्त प्रस्तुती गराउन गीतको माग अनुसारको लोकेशन, सजावत, श्रृगारको साथै प्रविधी ठिक ठाउंमा समायोजन गर्दै सही मोडल तथा कलाकारहरुको चयन गरी म्युजिक भिडियो निर्माण सम्पन्न गरियो ।
गीतका शब्द रचना श्रीमिला सुवाल संगीत / एरेन्ज संजय सुब्बा, रिकदिङ, मिक्सीङ र मास्टरिङ विजय मास्की रहेको छ भने अग्रज गायिका संगीता शाक्यको स्वर भरेका छन् ।
याे म्यूजिक भिडियोमा चर्चित नायिका भिन्तुना जोशी र बहुचर्चित नायक सुरज नापितको प्रमुख भुमिका थियो भन्ने सह मोडलहरुमा सुर्य सुवाल, रचनाकार स्वयम श्रीमिला सुवाल, सुशिला डंगोल सुवाल, गौतम सिद्धि बज्राचार्य र जयलक्ष्मी सिद्धी बज्राचार्यको अतुलनिय याेगदान रहेकाे छ ।
साथै गीतमा श्रृगार मिरा डंगोल छायांकन, सम्पादन, कलरिङ सोहन मानन्धरले गरेका छन् भने युगिन कलाकार निर्देशक पवन जोशीको निर्देशन रहेको गीत सम्पादन गरेकाे छ ।
श्रीमिला सुवालले रचना गरिएकाे यथार्थ परक सामाजिक सन्देश वोकेकाे यस म्यूजिक भिडियाे छिटै प्रिमियर शो आयोजना गरी युट्युव च्यानल मार्फत हेर्न सक्नु हुने छ ।


















