पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक सञ्चालनमा आयाे

7

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।

झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय  मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here