१२ बर्ष पछी जग्गा नाप जाँच गर्दा घर फिर्ता पाउने आशावादी

23

काठमाडौं । बालाजू बाईपासका बिस्थापितहरु १२ बर्ष पछी स्थानीय तहले जग्गा नाप जॅाच गर्दा घर फिर्ता पाउनेमा आशावादी भएका छन्।

काठमाडौं महानगर पालिका १६ वडाका वडा अधक्षय् रेजिना श्रेष्ठ अग्रसरतामा बिहिबार बिस्थापित गरिएको क्षेत्रमा नाप जांच गरेपछि पिदिहरुमा आफ्नो वास फिर्ता पाउनेमा आशा पलाएको हो।

बालाजू बाईपासका ३९ घर २०७० चैतमा सडक चौडाई गर्ने भन्दै सरकारलेसो सो स्थानमा रहेका घरहरु भत्काएको थियो। यस बिरुद्द पिडितहरु आफुहरु अन्यायमा परेको भन्दै सडक संघर्ष र कानुनि लडाई समेत लडेका थिए।

सर्वोच्च अदालतले समेत “छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कार्य नगर्नु नगराउनु भनी भएको अन्तरकालीन आदेश अनुसार निवेदकहरुको घर आगनमा प्रवेश गर्ने अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु” भनी स्पष्ट आदेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here